विराटनगर । अपराधिक व्यक्ति र समूहलाई अवैध हतियार आपुर्ति गर्ने एक व्यक्तिलाई प्रहरीले मोरङको सुनवर्सीबाट पक्राउ गरेको छ ।
सुनवर्सी नगरपालिका ५ बाट प्रहरीले शुक्रबार ४१ वर्षे राजकुमार मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली र १९ हजार ३२५ रुपैयाँ नगद बरामद गरेको छ ।
सुनवर्सी स्थित एउटा भट्टि पसलमा मदिरा सेवन गर्न बसिरहेको बेला मण्डलले कम्मरमा भिरेको कटुवा पेस्तोल देखिएको थियो । स्थानीयले पेस्तोल भिरेर मदिरा खान बसेको मण्डलमाथि आाशंका गरी प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले झुंगी चोकबाट मण्डललाई पक्राउ गरेको थियो ।
भारतको दरभंगा लगायत विभिन्न ठाउँबाट हतियार ल्याएर मण्डलले विभिन्न अपराधिक समूह र व्यक्तिहरुलाई बिक्री गर्ने गरेको प्रहरीले दावी गरेको छ । उनले हतियार बिक्री गरेको समूह र व्यक्तिको बारेमा भने प्रहरीले केही बताएको छैन । प्रहरीले अनुसन्धान भइरहेको र सबै विवरण प्राप्त भएपछि जानकारी गराउने बताएको छ ।

