विराटनगर । विराटनगरको लर्डबुद्ध कलेजले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ ।
न्यूरो हस्पिटलद्वारा सञ्चालित लर्डबुद्ध कलेजको प्राङ्गणमा समाजिक दुरी कायम गरि बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई विदाई गरिएको हो ।
कार्यक्रममा कलेजका प्राध्यापक सरोज भट्टराईले विद्यार्थीहरुको उज्जवल भविषयको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । कोरोना भाइरसको त्रासबीच विभिन्न चुुनौतिका बाबजुुद कलेजले परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्रा सफलताको शुभकामना दिएको थियो ।
कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईले आजको बिद्यार्थी भोलिको देशको कर्णधार भएकाले विद्यार्थीहरुले मानव जातिको कर्तव्य पुरा गर्न तल्लिन हुनुपर्नेमा जोड दिनुभयो । लर्डबुद्ध कलेजबाट आर्जन गरेको शिक्षाले परिवारदेखि समाज र समाजदेखि देशको विकासमा भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।
अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई कलेजले विदाई गर्ने औपचारिक कार्यक्रम भएपनि कलेजमै उच्च तहकोे अभ्ययन र शैक्षिक परामर्शका लागि सबै विद्यार्थीहरुलाई ढोका खुला भट्टराईले बताउनुभयो । लर्डबुद्ध कलेजमा कोरोना महामारीको जोखिम कम गर्न १ विद्यार्थी १ सिटसहितको अवधारणा कार्यान्वयन गरिएको छ ।