विराटनगर । साथीको जान्छु भनेर पाँच दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका ३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको हत्या गरिएको अवस्थमा सोमबार विहान शव भेटिएको छ । घरदेखि करिब ५ सय मिटर दक्षिणमा शुभलक्ष्मी खाद्य उद्योगको पछाडि सुजनको शव भेटिएको हो ।
परिवारका अनुसार नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकोमा पनि नभेटिएपछि खोजतलास गरिदिन उनीहरुले इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते निवेदन दिएका थिए ।
सालो हराएको प्रहरीलाई जानकारी गराएको चार दिनपछि सुजनको लाश भेटिएको उनका भिनाजु हुलासचन्द चौधरीले जानकारी दिनुभयो । सालोको मोवाइलमा एक पटक फोन सम्पर्क हुँदा अपहरणकारीले सुरज आफ्नो कब्जामा रहेको भनेर सुरजका बावु सुरेन्द्रलाई जानकारी गराएको चौधरीले बताउनुभयो ।
‘सालोको मोवाइलमा एकपटक फोन सम्पर्क हुँदा उत्ताबाट सुरज हाम्रो कब्जामा छ भनेर अज्ञात समूहले भनेको थियो,’ मृतकका भिनाजु हुलासचन्दले हाम्रोमतसँग भन्नुभयो, ‘त्यस यतादेखि फोन अफ भयो ।’ परिवारले दिएको जानकारी अनुसार अपहरणकारीले फिरौति रकम भने मागेका थिएनन् ।
इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययरत सुरजको अपहरणपछि हत्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा छिमेकी दुहबी नगरपालिका २ का २१ वर्षीय सुमन झालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।
सुरजको शव पनि पक्राउ परेका सुमनले देखाएको बुझिएको छ । हत्याको कारणख खुलेको छैन । घटनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोलीसहितले अनुसन्धान गरिरहेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
‘एक जनालाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ,’ थापाले भन्नुभयो, ‘मतृकको शव पोस्मार्टमपछि थप अनुसन्धान अगाडि बढ्नेछ ।’ मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सुरज सुरेन्द्रका एक मात्र छोरा हुन् ।
आरोपीलाई कडा कारबाही हुनुपर्छ
दुखद घटना
दुखद समचार, अपराधीलाई कडा कारवाही होस् ! मृतकलाई हार्दिक श्रद्धाञ्जली, घरपरिवार जनमा हार्दिक समवेदना।
दुखद घटना अपराधी लाई पक्राउ गरि कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरियोस पीडित लाई क्षेतिपुर्ती दिलाइयोस मृतक को आत्मा ले शान्ती पाओस
Police should have to kill who did this kind of crime 🙏🙏 even anyone who had done such a stupid crime