लोड हुँदैछ...

मेनु

टेलिकमका अधिकृतपुत्रको अपहरणपछि हत्या

टेलिकमका अधिकृतपुत्रको अपहरणपछि हत्या

विराटनगर । साथीको जान्छु भनेर पाँच दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका ३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको हत्या गरिएको अवस्थमा सोमबार विहान शव भेटिएको छ । घरदेखि करिब ५ सय मिटर दक्षिणमा शुभलक्ष्मी खाद्य उद्योगको पछाडि सुजनको शव भेटिएको हो ।

परिवारका अनुसार नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकोमा पनि नभेटिएपछि खोजतलास गरिदिन उनीहरुले इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते निवेदन दिएका थिए ।

सालो हराएको प्रहरीलाई जानकारी गराएको चार दिनपछि सुजनको लाश भेटिएको उनका भिनाजु हुलासचन्द चौधरीले जानकारी दिनुभयो । सालोको मोवाइलमा एक पटक फोन सम्पर्क हुँदा अपहरणकारीले सुरज आफ्नो कब्जामा रहेको भनेर सुरजका बावु सुरेन्द्रलाई जानकारी गराएको चौधरीले बताउनुभयो ।

‘सालोको मोवाइलमा एकपटक फोन सम्पर्क हुँदा उत्ताबाट सुरज हाम्रो कब्जामा छ भनेर अज्ञात समूहले भनेको थियो,’ मृतकका भिनाजु हुलासचन्दले हाम्रोमतसँग भन्नुभयो, ‘त्यस यतादेखि फोन अफ भयो ।’ परिवारले दिएको जानकारी अनुसार अपहरणकारीले फिरौति रकम भने मागेका थिएनन् ।

इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययरत सुरजको अपहरणपछि हत्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा छिमेकी दुहबी नगरपालिका २ का २१ वर्षीय सुमन झालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

सुरजको शव पनि पक्राउ परेका सुमनले देखाएको बुझिएको छ । हत्याको कारणख खुलेको छैन । घटनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोलीसहितले अनुसन्धान गरिरहेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

‘एक जनालाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ,’ थापाले भन्नुभयो, ‘मतृकको शव पोस्मार्टमपछि थप अनुसन्धान अगाडि बढ्नेछ ।’ मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सुरज सुरेन्द्रका एक मात्र छोरा हुन् ।

5 प्रतिक्रियाहरू

5 प्रतिक्रियाहरू

Bishnu Rajbanshi
November 30, 2020 11:57 AM

आरोपीलाई कडा कारबाही हुनुपर्छ

Narayan Prasad NIraula
November 30, 2020 2:42 PM

दुखद घटना

Narayan Prasad NIraula
November 30, 2020 2:45 PM

दुखद समचार, अपराधीलाई कडा कारवाही होस् ! मृतकलाई हार्दिक श्रद्धाञ्जली, घरपरिवार जनमा हार्दिक समवेदना।

रत्न कुमार निरौला
December 1, 2020 10:25 AM

दुखद घटना अपराधी लाई पक्राउ गरि कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरियोस पीडित लाई क्षेतिपुर्ती दिलाइयोस मृतक को आत्मा ले शान्ती पाओस

Rohan shah
December 3, 2020 11:40 PM

Police should have to kill who did this kind of crime 🙏🙏 even anyone who had done such a stupid crime

प्रतिक्रियाहरू बन्द छन्।