दोहोरो नागरिकता लिने शर्मा पक्राउ

विराटनगर । झुटो विवरण पेश गरि नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरीको इनरूवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

शर्माले झुटा विवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका शर्मासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको पाइएको छ ।

नेपालको नागरिकता नं. ७८१७/००३ रहेको छ । उनले अहिलेसम्म भारतको नागकिरता पनि त्यागेको छैनन् । भारतमा सन् २०१७ मा भएको निर्वाचनमा मतदाता नामवलीमा रमेशको नाम रहेको छ । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५३७ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा नारायण निवास घर रहेको छ ।

रमेशको बावु लगनलाल शर्मा हुन् । बावुको पनि नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको छ । छगनलालको इनरुवा बजारमा घर रहेको छ । कपडाको व्यापार गर्ने छलनलाल विवादमा मुछिएपछि अहिले पसल छोडेका छन् ।

छगनलाले ३४ वर्षको उमेरमा २०३४ माघ १९ गते नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेको छ । उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५१९ रहेको छ । छगनलालसँग भारतको रासनकार्डसमेत छ ।

छगनलालले लिएको रासन कार्डको नम्बर २०००००१०८३५८ रहेको छ । उनले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ । छगनलालको रमेश जेठा छोरा हुन् ।

आइतबार, ०७ मंसिर, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर