रतुवामाईबाट १६ जुवाडे पक्राउ

विराटनगर । जुवातास खेल्दै समाजमा विकृति फैलाउने १६ जनालाई प्रहरीले शनिबार मोरङको रतुवामाई नगरपालिका ८ बाट पक्राउ गरेको छ । सागर बर्तौलाको घरमा भेला भएर कौडा र तास खेलिरहेका १६ जनालाई प्रहरीले घेराहालेर पक्राउ गरेको हो ।
जुवा खेल्न गएकाहरुको दुई वटा कार र १९ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले १ लाख ६९ हजार ६९५ रुपैयाँ नगदसमेत बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

विभिन्न ठाउँबाट आएका मानिसहरु भेला भएर जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बर्तौलाको घर घेराहाली उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले १६ जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले एक बुक तास र १६ थान कौडा बरामद गरेको छ भने विभिन्न कम्पनीका १७ थान मोटरसाइकल, को १ च ७३३८ नम्बरका टाटाको कार र बा १४ च २७०३ हुण्डाई कार नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षे डिल्लीराम चौलागाई, ३५ वर्षे मोती पौडेल, ४३ वर्षे रामनाथ मैनाली, ४१ वर्षे देवी प्रसाद पौडेल, ३७ वर्षे रामनाथ नेपाल, ४५ वर्षे हेमलाल प्रसाई र ४० वर्षे नारायण चुडाल रहेका छन् ।

त्यस्तै ४४ वर्षे सन्तबहादुर राई, ३५ वर्षे सागर बर्तौला, ४५ वर्षे दिपक ढुंगाना, ४५ वर्षे योगराज घिमिरे, ३८ वर्षे अशोक भट्टराई, ३९ वर्षे राजन हस्ता मगर,, ४५ वर्षे गोपी पराजुली, ३६ वर्षे रविन पोखरेल र २२ वर्षे गणेश श्रेष्ठ पक्राउ परेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

प्रहरीले मे ८ प ८६७, प्रदेश नं. ०१–०१२ प, को २५ प ९८७६, बा ८० प ३८९९, बा ४५ प ४३४, को २७ प ७३१, मे ८ प ९५९९, प्रदेश नं. ०१–०२०४१ प ६२२८, मे ३ प ६६२, को ३१ प ७७७६ नम्बरको मोटरसाइकल बरामद गरेको छ । यस्तै मे ११ प १२६६, को ११ प १३२, मे ५ प ५३६४, मे ६ प, को ११ प ७७०३, मे ८ प २६३१, मे ११ प ९४८०, मे ६ प ६८९७ र मे ७ प ४९१ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

शनिबार, ०६ मंसिर, २०७७, दिउँसोको ०४:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर