घरघरमै मनाइयो छठ (फोटो फिचर)

विराटनगर । श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष भने त्यति उत्साहजनक छैनन् ।

कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि यसपटक विराटनगरका अधिकांश ब्रतालुहरुले वैकल्पिक रुपमा घरघरमै अस्थायी पोखरी बनाएर छठपर्व मनाएका छन् । आज सुर्य उपासनाको तेश्रो दिन ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर आराधना गरेका छन् । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास रहिआएको विराटनगर–७ की चन्दा मण्डलले बताउनुभयो ।

विराटनगरस्थित केशलीया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहर तथा विभिन्न पोखरीहरुमा विगत वर्षमा जस्तो छठ मनाइएन । नहर तथा खोला छेउ केही सर्वसाधारणले फाट्टफुट्ट घाट निर्माण गरेर आज अस्ताउँदो सूर्यलाई जलापर्ण गरे ।

चार दिनसम्ममनाईने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेश्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई आरधनागर्ने प्रचलन छ ।

शुक्रबार, ०५ मंसिर, २०७७, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर