धरान । लक्ष्मी पूजाको राति तास खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षे दिलकुमार पुरी, २९ वर्षे मुकेश बस्नेत, ४४ वर्षे नवीन गुरुङ, ३४ वर्षे धनबहादुर पुरी, ४४ वर्षे भक्तबहादुर पुरी, ४९ वर्षे नारायण पुरी, ३१ वर्षे हरिराम बानियाँ र ३१ वर्षे विष्णु बाँस्तोला रहेका छन् ।
इटहरी–२० तराहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति २ बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट तास, नगद दुई लाख ८० हजार २५५ बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिए । मङ्गलबारसम्म तिहारको बिदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।