दमक । कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनपछि झापाको दमक-५ की एक युवतीले आत्महत्या गरेकी छन ।
संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी दमक-५ की २२ वर्षिया दीक्षा लिम्बु आफ्नै कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले युवतीमा दुई दिन अगाडि कोरोना संक्रमण देखिएको बताउनुभयो । उनको शब नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।
त्यस्तै दमकका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. १ का ६५ वर्षिय पुरुष छन् ।
उनको विराटनगरको नोवेल हस्पिटलमा बुधबार विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो ।