कोरोनाबाट मोरङका दुई शिक्षकको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जना शिक्षकको मृत्यु भएको छ।

मछिन्द्र मावि केराबारीका शिक्षकको धरानमा र जनपथ मावि विराटनगरका शिक्षकको विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मन्छिन्द्र माविका ५० वर्षिय शिक्षकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान मृत्यु भएको हो। दुई साताअघि कोरोना संक्रमण देखिएपछि केही दिन होम आईसोलेसनमा रहेका उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धरान लगिएको थियो ।
नसा सम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा मृत्यु भएको मन्छिन्द्र माविका प्रधानाध्यापक झलकप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता जनपथ माविका ५४ बर्षीय शिक्षकको न्युरो कोभिड अस्पताल विराटनगरमा सोमबार मृत्यु भएको हो । जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुलीका अनुसार उनमा असोज २८ गते कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि विराट मेडिकल कलेजमा भर्ना गरि उपचार सुरु गरिएका उनलाई कात्तिक १३ गते न्युरो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिक्षक मुटु र मृगौला रोगबाट पीडित रहेको बताईएको छ।

मङ्गलबार, १८ कार्तिक, २०७७, दिउँसोको ०२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर