१ करोड १५ लाख जरिवाना तोकिएको अभियुक्त पक्राउ

विराटनगर/ उच्च अदालत विराटनगरले १ करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजायको फैसला गरेको एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ‘बैकिङग कसुर सम्बन्धी मुद्दाका’ फरार प्रतिवादी झापा कन्काई नगरपालिका –३ का ५५ वर्षिय राजेन्द्र प्रसाद प्रसाईलाई झापा प्रहरीले १० महिनापछि बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका प्रसाइ विरूद्ध ‘बैकिङग कसुर सम्बन्धी मुद्दामा’ उच्च अदालत विराटनगरले विभिन्न मितिमा १ करोड १५ लाख जरिवाना र २ महिना कैद सजायको फैसला सुनाएको थियो । उच्च अदालत विराटनगरले २०७६ पुस १४ गते १ महिना कैद र २५ लाख रुपैयाँ जरिवाना गरेको थियो । यस्तै सोही अदालतले २०७६ पुस २१ गतेको फैसलाले प्रसाइ विरूद्ध १ महिना कैद र ९० लाख रुपैयाँ गरी जम्मा २ महिना कैद सजायका साथै १ करोड १५ लाख जरिवाना तोकिएको प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अदालतले कैद सजाय तोकेपछि अभियुक्त प्रसाइ फरार थिए । दशैंको मौकामा फरार प्रतिवादी प्रसाइ घर आएको प्रहरीले पत्तो पाएपछि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक कविन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । ‘बिशेष सूचनाको आधारमा झापा प्रहरीले फरार प्रतिवादी पक्राउ गरिएको हो,’ उहाँले भन्नुभयो, ‘दशैंको कारणले अदालत बन्द रहेकोले अदालत संचालनमा आएपछि प्रतिवादीलाई उपस्थित गराईनेछ ।’

बुधबार, १२ कार्तिक, २०७७, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर