सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

विराटनगर/ सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुइ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका– ६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका – ८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो ।
बालुवा बोकेर आउँदै गरेको को २ त २८९२ नम्बरको ट्याक्टर अनियन्त्रीत भई रोडमा पल्टिई सोही ट्याक्टरमा सवार रहेका राजधामीलाई किच्दा घटनास्थलमा नै मृत्यु भएको १ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यसैगरी सोही दिन भएको मोरङको उर्लावारी नगरपालिका – ४ आईतवारेमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका –२ की ४५ बर्षीया भिम कुमारी पुरीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा मंगलबार बेलुका ५ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणको लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

बुधबार, १२ कार्तिक, २०७७, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर