कोरोनाबाट बच्न सिकाउँदै स्काउटकर्मी (फोटो)

विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई चलाइरहेको छ ।

नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो ।

नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको छ । स्काउटद्वारा विराटनगरको एक दर्जन ठाउँमा छुट्टा–छुट्टै स्थानमा सचेतना मुलक कार्यक्रमसँगै स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

स्काउटले विराटनगरको पुष्पलालचौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटिमल चौक, डिएसपी चौक, ट्राफिक चौकलगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ । हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजारभन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ ।

स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरणसँगै मास्क सहि तरिकाले लगाउन तरिका तथा लगाएको मास्कको डिस्पोज गर्नेे तरिका पनि सिकाउँदै आएको छ । नेपाल स्काउटले अहिले देशभरी सचेतना मुलक अभियानसँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।

शुक्रबार, ०७ कार्तिक, २०७७, बिहानको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर