विराटनगर । विराटनगर पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२५ जनामा कोरोना संक्रमण देखिएको छ । महानगरमा दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । विराटनगरसहित मोरङमा एकैदिन ३२६ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ हजार ९७९ पुगेको छ । जसमध्ये अहिलेसम्म २५ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
१०० जाना महिला र १२५ जाना पोरुस गरि २२५ मात्र हुन्छ तर २५५ जना भनियो । अलि कन्फ्यूज भयो !