प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय २ पुगेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् ।

प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जनाको प्रदेशमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिनुभयो । कोरोनबाट मोरङका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आइतबारसम्म १ लाख ३७ हजार ५१७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

आइतबार, २५ असोज, २०७७, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर