लोड हुँदैछ...

मेनु

कोरोनाबाट एकैदिन २२ जनाको मृत्यु

कोरोनाबाट एकैदिन २२ जनाको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणबाट नेपालमा एकैदिन २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।