विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना हुनुभएका मन्त्री पोखरेलको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको र ज्वरोमुक्त भएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।