लोड हुँदैछ...

मेनु

नोबेलमा दुई जना कोरोना संक्रमितको मृत्यु

नोबेलमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ ।

सुनसरीको दुहवी–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उनमा २१ गते कोरोना पोजेटिभ देखिएको थियो । महिलामा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै नोबेलमै उपचाररत सुनसरीको हरिनगरा–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएकोमा सोही दिन गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।