लोड हुँदैछ...

मेनु

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ ।

शनिबार ट्वीट गर्दै मन्त्री भट्टराईले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।

भट्टराईले आफ्नो सम्पर्कमा रहका नागरिकहरुले घरमै सुरक्षित रहेर परीक्षणमा सघाउ पुर्याउन आग्रह गर्नुभएको छ । नेपालमा पहिलो पटक संघीय सरकारका मन्त्रीमा कोरोना देखिएको हो ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिनुभएको थियो । हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री भट्टराई असोज १९ गते विराटनगर आएर विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउने त्रिपक्षीय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रममा र नेकपा मोरङको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनुभयो । त्यसको भोलिपल्ट उहाँ ताप्लेजुङको ओलंचुंगोला र संखुवासभाको किमाथांका पनि पुग्नुभएको थियो ।

फायल फोटोः विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउने त्रिपक्षीय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रममा मन्त्री भट्टराई

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds