लोड हुँदैछ...

मेनु

विराटनगरमा थप १४५ जनामा कोरोना संक्रमण

विराटनगरमा थप १४५ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो समयमा लगातार संक्रमण बढिरहेको विराटनगरमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार योसँगै महानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ हजार ३४३ पुगेको छ । महानगरपालिकामा अहिलेसम्म कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३–३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds