लोड हुँदैछ...

मेनु

एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।