लोड हुँदैछ...

मेनु

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा शनिबार थप दुई जनाको मृत्यु भएको छ ।

विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिलाको विराट मेडिकल कलेजको आइसोलेसनमा मृत्यु भएको हो । असोज १५ गते अस्पतालमा भर्ना भएकी महिलाको शनिबार विहान १०ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार नै न्यूरो अस्पतालमा मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ की ९२ वर्षीय वृद्धा महिलाको मृत्यु भएको छ । असोज १८ गते कोरोना देखिएपछि अस्पतालमा उपचाररत उनको मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ ।

शुक्रबार राति नोबेल मेडिकल कलेज विराटनगरमा विराटनगर महानगरपालिका –१२ की महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।