लोड हुँदैछ...

मेनु

विराटनगरमा १५२ सहित मोरङमा २३० संक्रमित थपिए

विराटनगरमा १५२ सहित मोरङमा २३० संक्रमित थपिए

विराटनगर । मोरङमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लामै एकैदिन अहिलेसम्मकै धेरैमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् । मोरङको सुन्दहरैचामा ४ महिला र १४ पुरुष, जहदामा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ७ पुरुष, कानेपोखरीमा २ महिला र ७ पुरुष, ग्रामथानमा १ महिला र ६ पुरुष, कटहरीमा ३ महिला र ३ पुरुष, रतुवामाईमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २–२ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङमा कोरोना संक्रमितको संख्या ५ हजार २९७ पुगेको छ । जसमा अहिलेसम्म कोरोनाबाट ४३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।