विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख
६७६ पुगेको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो।
कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।