लोड हुँदैछ...

मेनु

कोरोनाबाट मोरङ कारागारका बन्दीको मृत्यु

कोरोनाबाट मोरङ कारागारका बन्दीको मृत्यु

विराटनगर । मोरङ कारागारका एक बन्दीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगरस्थित कारागारमा रहेका उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पतालमा मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान भर्ना गरिएका युवकमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको आइसोलेसनमा उपचार भइहरेकोमा मृत्यु भएको उहाँको भनाइ छ ।

युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्नेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण उनलाई कोशीकै आइसोलेसनमा राखिएको थियो । लागूऔषध मुद्दामा पुर्पक्षका लागि गत माघदेखि उनी थुनामा रहेका थिए ।

गत असोज १५ गते पनि कारागारमै रहेका २७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो । ९१८ जना कैदी बन्दी रहेको कारागारमा ५ जनालाई कोरोना पोजेटिभ देखिएपछि कारागारभित्र आइसोलेसन सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।