विराटनगर । सुनसरीको धरास्थित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २० गते संक्रमण पुष्टि भएका उनमा कुनै दीर्घरोग नदेखिएको प्रतिष्ठानले जनाएको छ ।

असोज १२ गते भर्ना भएका दुहबीका संक्रमित पुरुष भने लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।