विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहिबार थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार झापाको दमक नगरपालिका १ का ५२ वर्षीय पुरुष र धरान ८ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बुधबार नै मृत्यु भएका धरानका ८ का सङ्क्रमितको बारेमा प्रतिष्ठानले ढिलोगरी जानकारी दिएको हो । दमकका संक्रमितको बिहिवार अपरान्ह मृत्यु भएको हो ।
असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका दमक – १ का ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका दमक – १ का ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
धरानका ४६ वर्षीय पुरुषमा भने मंगलबार संक्रमण पुष्टि भएको थियो । उनी हाइपरटेन्सनका बिरामी थिए ।
योसँगै धरानमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।