लोड हुँदैछ...

मेनु

विराटनगरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु

विराटनगरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर ५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको जानकारी आएको महानगरपालिकाले जनाएको छ ।

बृद्धमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । १९ गते उनको रिपोर्ट पोजेटिभ आएपनि घरमै राखिएको थियो ।

बुधबार रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएकोमा अस्पताल लैजान नपाई उनको मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिनुभएको छ ।

सोमबार बिराटनगर महानगरपालिका–११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेका ८८ वर्षीय वृद्धको सोमबार राति ११ बजे घरमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार उनको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।