इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुइ दिन बन्द हुने भएको छ । वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो ।
कार्यालयका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि असोज १६ गतेदेखि ५ दिन कार्यालय बन्द गरिएको थियो । तर, संक्रमितको संख्या बढ्दै गएपछि थप दुई दिन दिन बन्द हुने भएको छ ।
कन्ट्रयाक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि असोज २३ गतेसम्मका लागि वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

