विराटनगर । विराटनगरमा बुधबार थप १३७ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि मंगलबार महानगरपालिकामा १५० जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५७ महिला र ८० पुरुषमा कोरोना देखिएको हो ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ हजार ९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भएको महानगरपालिकाको स्वास्थ्य महाशाखाको रेकर्ड छ ।
बुधबार विराटनगरबााहेक मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला र १ पुरुष, रंगेलीमा २ महिला र १ पुरुष, बेलबारीमा १ महिला र २ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

