ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ३ का वडा अध्यक्ष मेडल राईमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । वडा अध्यक्षविरुद्ध उजुरी आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिलामाथि यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी रुपेश खड्काले बताउनुभयो । करणीको जाहेरी आएकाले उनलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अध्यक्ष राईले चार दिन पहिले मादक पदार्थ सेवन गरेर घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना चार दिन पहिलेको भएपनि स्थानीय स्तरमा मिलापत्र गर्न छलफल गराइ माफी मगाउने कामसमेत भएको स्थानीयले बताएका छन् ।
घर ढलानको दिन खानपान निकै अबेरसम्म भएको र मादक पदार्थले लठ्ठ भएका अध्यक्ष बेसुरमा आफ्नो घरजाँदा महिलाको घर पुगेको स्थानीयले बताएका छन् । पीडित पक्षले भने महिला सुतेकै ठाउँमा गएर करणी प्रयास गरेको आरोप लगाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।