विराटनगरमा एकैदिन १५० संक्रमित थपिए

विराटनगर । विराटनगरमा मंगलबार एकैदिन १५० जना कोरोना संक्रमित थपिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

विराटनगरमा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १५० जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । योसँग विराटनगरमा कोरोना संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भएको महानगरपालिकाको स्वास्थ्य महाशाखाको रेकर्ड छ ।

विराटनगरबाहके मोरङको सुन्दरहरैचामा १३ महिला र ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला र ४ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, २० असोज, २०७७, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर