विराटनगर । विराटनगरमा एक कोरोना संक्रमितको घरमै मृत्यु भएको छ । घरमै मृत्यु भएका विराटनगर महानगरपालिका–११ पिचराका ८८ वर्षीय बृद्धमा कोरोना देखिएको हो ।
सोमबार राति ११ बजे आफ्नै घरमा मृत्यु भएको बृद्धको मृत्यु भएको १५ घण्टापछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार बृद्धको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको रिपोर्ट भने मंगलबार दिउँसो मात्र आयो ।
महानगरले वृद्धको मृत्युअघि र पछि उनको सम्पर्कमा रहेका परिवारका सदस्य र आफन्तलाई पीसीआर परीक्षणको दायरामा ल्याउने तयारी गरिरहेको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताउनुभयो ।

