विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ३१ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका १ का युवाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
असोज १८ गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको मेडिसिन वार्डबाट उनलाई कोभिड अस्पतालमा सारिएको थियो । उनी मिर्गौला रोग र मेटाबोलिक एसिडोसिस्को समस्याले पहिलेदेखि नै पीडित रहेको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।