विराटनगर । झापाको विर्तामोड नगरपालिका–५ का एक कोरोना संक्रमित वृद्धको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।
दमका रोगी रहेका ८२ वर्षीय बृद्धलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धमा शनिबार कोरोना पुष्टि भएकोमा आइतबार साँझ मृत्यु भएको विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले जानकारी दिनुभयो ।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अिलहेसम्म ९३१ जनामा कोरोना देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

