विराटनगर । नेपाल स्काउट प्रदेश नं. १ का स्काउटरहरुले विराटनगरमा निःशुल्क मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण गरेका छन् ।
पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणको दर न्युनीकरण गर्न स्काउटरहरुले आइतबारदेखि मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका हुन् ।
आइतबार जनचेतनामुलक कार्यक्रमको पहिलो दिन विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ देखि ट्राफिक चौकसम्मको क्षेत्रमा मास्क नलगाएका सर्वसाधारण तथा व्यापारी व्यावसायीहरुलाई निःशुल्क मास्क तथा पम्पलेट वितरण गरिएको छ । चाडबाड नजिकिँदै गएका कारण बजार क्षेत्रमा भीडभाड बढ्न थालेपनि आम नागरिक अझै सचेत नभएकाले केन्द्रको सर्कुलर बमोजिम सचेतनामुलक अभियानको थालनी गरिएको स्काउट मास्टर रवि खनालले जानकारी दिनुभयो ।
नेपाल स्काउटको केन्द्रीय कार्यालयले गरेको निर्णय बमोजिम प्रदेश नं. १ को प्रत्येक शहरमा उक्त अभियान विस्तार गरिनेछ । प्रदेश नं. १ का स्काउटरहरुले आईतबार अभियानको पहिलो दिन १ हजार मास्क तथा सचेतनामुलक पम्पलेट वितरण गरेका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।