विराटनगर । चीनको बुहानबाट फैलिएको मानिएको कोरोना भाइरस संक्रमणमा नेपालले चीनलाई उछिनेको छ।
कोभिड १९ को सुरु भएको मानिएको देश चीनमा आइतबारसम्म ८५ हजार ४५० जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा नेपालमा संक्रमितको संख्या ८६ हजार ८२३ पुगेकोछ ।
चीनका स्वसासित प्रदेशहरु हङकङ, मकाउ र ताइवानलगायत अन्य क्षेत्र जोड्दा भने चीनमा संक्रमितको संख्या ९० हजार ६०४ जना पुगेको छ । यद्यपी ती स्थानको गणना छुट्टै राख्ने गरिएको छ ।
कोरोना संक्रमितको रेडर्क राखिएको वल्र्डोमिटरका अनुसार आइतबार चीनमा १७ जना नयाँ संक्रमित फेला परेका छन् । नेपालमा भने पछिल्लो २४ घण्टामा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्वभर संक्रमित संख्याको आधारमा नेपाल ४४ औं नम्बरमा छ भने चीन ४५ र जापान ४६ औं नम्बरमा छन् । जापानमा ८४ हजार ७६८ जनामा संक्रमण भएको छ ।
नेपालमा २२ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन् । चीनमा भने सक्रिय संक्रमितको संख्या १९५ मात्र छ । जापामा ५ हजार ३७१ जना सक्रिय संक्रमित छन् । चीनले अहिलेसम्म १६ करोडको पीसीआर परीक्षण गर्दा जापानमा २१ लाख ५० को परीक्षण भएको छ भने नेपालमा १० लाख ७४ हजारको परीक्षण भएको छ ।
नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

