लोड हुँदैछ...

मेनु

बीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

बीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

विराटनगर। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मोरङको सुनबर्षी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा असोज ५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयू र भेन्टिलेटरमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान भर्ना भएका थिए । ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या रहेकोले डायलायसिससमेत गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।