लागुऔषधसहित आठ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका २ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रियुगा १२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन विश्वकर्मा, वर्ष २० कै सागर पौडेल, २२ वर्षीय शिब अधिकारी, वर्ष २२ कै बिशाल मगर र २४ वर्षीय दिलिप घिमिरे रहेका छन् । बिशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमापश्चात उनीहरुमाथि चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध फेला परेको हो । यसैगरी उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकलसमेत बरामद गरिएको छ ।

उनीहरुलाई पक्राउ गरिएसँगै अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले बिहीबार नै त्रियुगा ६ लालपत्ताबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ वर्षीय प्रबेश मियाँ र २६ वर्षीया हजारुम खातुन रहेका छन् । उनीहरु श्रीमान–श्रीमती रहेको खुलेको छ ।

प्रहरीले उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका आठै जनाउपर थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिहिबार, ०८ असोज, २०७७, साँझको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर