हेलिकप्टरबाट गर्भवतीको उद्धार

पाँचथर । पाँचथरमा स्वस्थ्य अवश्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

धनकुटाको चौबिसे गाउँपालिकाबाट तुम्बेवा गाउँपालिकाको मामली घरमा बस्दै आएकी एलिसा लिम्बूलाई तुम्बेवा गाउँपालिकाको पहलमा उद्धार गरिएको हो ।

व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको अवस्था गम्भीर भएपछि स्वास्थ्यकर्मीले अस्पताल लानुपर्ने बताएका थिए । निरन्तरको वर्षाका कारण यातायातका साधन नगुड्दा पीडित परिवारले गाउँपालिकासँग सहयोगको लागि अपिल गरेको थियो ।

गाउँपालिकाको समन्वयमा लिम्बूलाई हेलिकप्टरबाट कोशी अस्पताल विराटनगर पठाइएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताउनुभयो । गर्भवती महिलाको अवस्था गम्भीर रहेको र मौसमको कारणले सडक सञ्जालबाट लैजान नसकेपछि जिल्ला प्रशासन कार्यालयमार्फत महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयसम्म समन्वय गरेर हेलिकप्टरमा उद्धार गरिएको उहाँको भनाइ छ ।

उद्धार गरिएकी लिम्बूको कोशी अस्पतालमा सफल प्रसुति सम्पन्न भएको छ । आमा र बच्चाको अवस्था राम्रो भएको परिवार श्रोतले जनाएको छ ।

नीय तहमा सुविधासम्पन्न स्वास्थ्य सेवा नहु“दा सुविधा सम्पन्न अस्पतालसम्म पुग्न बाह्रै महिना यातायात सञ्चालन हुन सक्दैन । यहि कारण दुर्गम क्षेत्रमा गर्भवती महिलाको ज्यान जोखिममा परेको छ ।

बिहिबार, ०८ असोज, २०७७, साँझको ०७:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर