औषधी व्यवस्था विभागमा हेल्पडेक्स

विराटनगर । नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा पु¥याउने उद्देश्यले हेल्प डेक्स सञ्चालनमा आएको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा बुधबार एक कार्यक्रम गरि हेल्प डेक्स सञ्चालनमा ल्याएका हुन् ।

हेल्प डेक्सको शुभराम्भ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जिव शर्मा कट्टेटलले गर्नुभयो । कार्यक्रममा उहाँले सेवाग्राहीलाई सहज रुपमा छिटो क्षरितो तरिकाले सेवा प्रभाह गर्दै आएको बताउँदै हेल्पडेक्स सञ्चालनमा आएपछि सेवाग्राहीलाई थप सहज हुने उल्लेख गर्नुभयो ।

यसअघि विभागमा नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाले हेल्प डेक्स राखेको थियो । लकडाउन सुरू भएयता बन्द भएपछि झापा, मोरङ र सुनसरीका औषधी व्यवसायीहरूले एक जना प्राविधिक राखेर डेस्क सञ्चालनमा ल्याएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनुभयो ।

हेल्पडेक्स संचालनमा आएपछि व्यवसायीहरूको अनलाइन फर्म देखि पसलको नविकरण र नयाँ पसल दर्ताको प्रक्रियामा सहजता हुनेछ । औषधी व्यवस्था विभाग विराटनगर शाखाले दैनिक ५० देखि सय जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, झापा अध्यक्ष गौतम गुप्ता, सुनसरी अध्यक्ष रबिन्द्र घिमिरे, कोशी अञ्चलका पूर्वअध्यक्ष तथा मोरङका सल्लाहकार लक्ष्मण माझी र तीन जिल्लाका पदाधिकारी तथा व्यवसायहीहरूको सहभागिता रहेको थियो ।

बुधबार, ०७ असोज, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर