लोड हुँदैछ...

मेनु

टेलिकमको तार चोरी गर्ने पक्राउ

टेलिकमको तार चोरी गर्ने पक्राउ

विराटनगर । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना विराटनगर ४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर ६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् ।

असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरीसँगै प्रहरीले खोजी गर्दा उनीहरु पक्राउ परेका हुन् । खोजतलासकै क्रममा जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो ।

उनीहरुले चोरी गरी लगेको नेपाल टेलिकमको १५० पेयरको २२० मिटर केवल तारसमेत फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकलसमेत नियन्त्रणमा लिएको छ ।

यसरी चोरीएका सामान सहित पक्राउ परेका चारै जनाउपर चोरी ऐन अन्तर्गत कानूनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds