विराटनगर । विराटनगरका अर्का कोरोना संक्रमितको आईतबार उपचारको क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर १२ का ७० वर्षीय पुरुषको सवा २ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

वृद्धलाई भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालले रेफर गरेकको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएक भदौ १७ गतेबाट बीपीको कोभिड अस्पतालमा भर्ना गरि उपचार थालिएको थियो ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ४७२ छ ।