विराटनगर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो ।
वृद्धमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो । वृद्ध ‘होम आइसोलेसन’मा बसिरहेकोमा स्वास्थ्यमा समस्या भएकोले शनिबार अस्पताल भर्ना भएका थिए ।
मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । योसगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । प्रदेशमा ४३ जनाले ज्यान गुमाइसकेका छन् ।