विराटनगर । मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कलेजले जनाएको छ ।
मृतक पुरुष भदौ १९ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आइतबार दिउँसो साढे ३ बजे मृत्यु भएको कलेजका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिनुभयो ।
मृत्युपछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको थियो ।
योसँगै बुढीगङ्गामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । प्रदेश १ मा भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।