विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल परिवारका सदस्यलाई कोरोना संक्रमण भएपछि क्वारेन्टाइनमा बस्नुभएको छ ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य मन्त्री ढकाल पाँचदिनसम्म क्वारेन्टाइन बसेर स्वाब परीक्षण गराउने तयारीमा रहनुभएको छ । उहाँले आफुलाई संक्रमण नभएको तर परिवारका सदस्य संक्रमित भएका कारण क्वारेन्टाइनमा बसेको जानकारी दिनुभएको छ ।
‘‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यमा संक्रमण देखिएपछि म म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भन्नुभयो ।