लोड हुँदैछ...

मेनु

कविता: के गर्नु ?

कविता: के गर्नु ?

जनता नै भेडा भए पछि,
नेतालाई मात्रै दोष दिएर के गर्नु ?

सोचाई नै अविवेकी भए पछि,
युनिभर्सिटी र ठुला कलेज भएर के गर्नु ?

काम अधर्मको भए पछि,
रातो मछिन्द्रको रथ तानेर के गर्नु ?

सुरक्षाकर्मी नै असुरक्षित भए पछि,
सुशासन र न्यायको आशा के गर्नु ?

व्यहोरा हिंसात्मक भए पछि,
बुद्धको फोटो छातिमा टासेर के गर्नु ?

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।