जनता क्याम्पसको विवाद पुनः ब्यूँझियो

जनता क्याम्पसका प्राध्यापकलाई कारबाही गर्न माग

इटहरी । जनता क्याम्पसका ६ विद्यार्थी संगठनद्वारा १० दिनभित्र जथाभावि फोन सम्वाद गर्ने जनता बहुमुखी क्याम्पस इटहरीका सहप्राध्यापकहरु राजन भट्टराईमाथि कारबाहीको माग गर्दै क्याम्पसलाई कडा ध्यानाकर्षण पत्र दिएका छन् ।

जनता क्याम्पस इटहरी सुनसरीका विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेविसंघ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी, नयाँशक्ति विद्यार्थी युनियन र राप्रविसंघले क्म्पसलाई सर्बोपरी हितमा राखेर अबको १० दिन भित्र क्याम्पस संचालक समितिले फोन सम्वादको विषयमा सहि निर्णय लिन नसकेको खण्डमा क्याम्पसको गरिमालाई जोगाइ राख्न विद्यार्थी संघ संगठनहरु आफैंले घटनामा संलग्न प्राध्यापकहरु र गल्तीलाई ढाकछोप गर्न खोज्ने ब्यक्तिको पहिचान गरि स्वतःस्फूर्त कारबाही गर्न बाध्य हुने पत्रमा चेतावनी दिइएको छ ।

उक्त कदमबाट हुने सम्पूर्ण क्षतिको जिम्मा संचालक समितिले लिनुपर्ने पनि विद्यार्थी संगठनको दाबी छ । क्याम्पसका सहप्राध्यापकहरु राजन भट्टराई र कृष्णकला राई बिच अस्लिल प्रकृतिको फोन संवाद गत साउन २९ गते सार्वजनिक भएको थियो ।

भट्टराईले महिला सहप्राध्यापक कृष्णकला राईलाई अस्लिल शब्द प्रयोग गर्दै फोनमा यौन हिंसाजन्य कुराकानी गरेका थिए । त्यसलाई संचालक समितिले लुकाउन खोजेको भन्दै विद्यार्थी संगठनहरु आक्रोशित भएका हुन् ।

फोन सम्वादमा राईलाई राती १० बजेको समयमा फोन गरेर भट्टराईले ‘आँपगाछीमा एकजना छोरी मान्छेले छोरा मान्छेलाई बियर खान बोलायो, कोही छोरा मान्छे गयो । उसको बुढो पनि थियो त्यतिबेला, तर बुढो राती माछा मार्न गयो । उसकोमा बियर खान आएको मान्छे छ नि त्यसले बुढीलाई… ’ भनेका छन् ।

अडियोमा मदिराले लट्ठ भएका भट्टराईले यस्तो कुरा गरेपछि रिसाएर राईले ‘यो समाचार हो कि के हो दाई ?’ भनेर सोधेकी छन् । भट्टराईले अँ सुन न ? तैंले कुरै बुझिनस् फेरी,’ भनेका छन् ।

३ मिनेट लामो अडियोले भट्टराईले मदिरा सेवन गरेर राईमाथि यौन दुव्र्यवहार गर्न खोजेको आभाष हुन्छ । सोही विषयलाई लिएर केही दिनदेखि जनता क्याम्पसमा विवाद भइरहेको छ । विवाद समाधानका लागि घटनाको छानविन गरी कारबाही गर्नुपर्ने विद्यार्थी संगठनको दाबी छ ।

‘क्याम्पसको गरिमा माथि नै प्रश्नचिह्न खडा हुने तरिकाले केही दिन अगाडि प्राध्यापक राजन भट्टराई र कृष्णकला राई बिच भएको अमर्यादित अडियो प्रकरण विभिन्न मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यार्थी संघ संगठनको तर्फबाट सो बिषयमा गम्भीर आपत्ति जनाउदै सत्यतथ्य छानबिन गरि दोषी उपर कडा कारबाही गर्न क्याम्पस संचालक समिती, क्याम्पस प्रशासन, पब्लिक प्राध्यापक संघ,प्रगतिशील प्राध्यापक संघ र प्रजातान्त्रिक प्राध्यापक संघको ध्यानाकर्षण गराइएको भएता पनि क्याम्पस संचालक समितिले यो बिषयमा कुनै चासो देखाएको छैन,’पत्रमा उल्लेख छ, ‘त्रिशुल छापे साँढे जस्तो हुँ भन्ने अहमता र घमण्डले हुन सक्छ विद्यार्थी संघ संगठनहरु संग छलफल संवाद गर्न नचाहेको, हामी आग्रह गर्न चाहान्छौ।’

विद्यार्थी संगठनको ध्यानाकर्षण पत्रमामा घमण्ड र अहमताबाट ओर्लिएर विद्यार्थी संगठनको जायज मागलाइ सम्बोधन गर्न तयार नभए क्याम्पस संचालक समितिको घमण्ड र अहमता एक मिनेट पनि टिक्न नसक्ने भन्दै चेतावनी दिइएको छ ।

सोमबार, ०८ भदौ, २०७७, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर