लोड हुँदैछ...

मेनु

धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको मृत्यु

धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ ।

धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार सवा १२ बजे निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो  । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भएपनि शनिबार उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बृद्धको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोभिड १९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो ।

उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएपछि उनी प्रतिष्ठानमा भर्ना भएका थिए । उच्च रक्तचापको विरामी उनको साउन २७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिनुभयो । योसँगै प्रतिष्ठानमा अहिलेसम्म १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।