विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु

विराटनगर । विराटनगर-६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आईशोलेसन खाली नभएपछि संक्रमित पुरुष घरकै होम आईशोलेसनमा बसेका थिए

दिर्घरोगी समेत रहेका संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडा नं. ६ का वडाअध्यक्ष विजय कामतले बताए । घरकै होम आईशोलेसनमा कोरोना संक्रमितको मृत्यु भएको यो प्रदेशकै पहिलो घटना हो ।

कोरोना बिशेष अस्पतालहरुमा आईशोलेसन बेडको अभाव हुँदा विराटनगर महानगरपालिका भित्र ७ सय ४५ जना कोरोना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आईशोलेसनमा छन् । विराटनगरमा भने कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यो पनि पढनुहोस : सेनाले उठायो विराटनगरका ४५ बर्षीय मृतकको शव

 

शुक्रबार, ०५ भदौ, २०७७, बिहानको ०९:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर