लोड हुँदैछ...

मेनु

प्रहरी, नर्स र विरामीसहित सुनसरीमा थप १८ जनालाई कोरोना

प्रहरी, नर्स र विरामीसहित सुनसरीमा थप १८ जनालाई कोरोना

धरान । सुनसरीमा बिहीबार ४ सशस्त्र प्रहरी, बीपी प्रतिष्ठानका नर्स, विराम र कुरुवासहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको श्रीपुर स्थित सीमा क्षेत्रमा खटिएका ४ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण भएको सशस्त्र प्रहरी बल सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिनुभयो ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १२ सहित आज १८ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिनुभयो । दुहबी नगरपालिकामा १ जना पुरुष र रामधुनी नगरपालिकामा १ जना पुरुषमा पनि कोरोना देखिएको छ ।

कोरोना संक्रमित हुनेहरूमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एनआइसियुका एक जना नर्स, सेन्ट्रल ल्याबको वायोक्यामेस्टिमा कार्यरत एक जना ४६ वर्षीय प्राविधिक, उनको १८ वर्षीय छोरा र १३ बर्षीया छोरी, अर्को २४ बर्षीया नर्स, प्रतिष्ठानको सर्जरी वार्डको हेल्परका ४१ बर्षीया श्रीमती गरी ६ जना छन् । यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इ एरियामा आइसोलेट गरेर राखिएका एक बिरामीमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यसै गरी गाइनो वार्डमा पनि आइसोलेट गरेर राखिएको एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीको कनट्र्याक्ट ट्रेसिङको क्रममा स्वाब लिइएका ४ जना कुरुवाको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यसअघि गाइनो वार्डमा २ जना महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएकोमा उनीहरूका ७ जना कुरुवाको स्वाब लिएर परीक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।